Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रवि लामिछानेले भने - हामीले कुनै उम्मेदवारविरुद्ध गलत बोलेका छैनौं

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचनको क्रममा आफूहरूमाथि भएको अपमानको जवाफ जनताले दिएको बताएका छन् ।

चितवन २ बाट निर्वाचित भएपछि विजय जुलुसलाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

लामिछानेले भने, ‘हामीले कुनै उम्मेदवारका विरुद्ध गलत कुरा बोलेका छैनौं । सबै उम्मेदवारलाई सम्मान दिएका छौं । जतिपनि उम्मेदवार हुनुहुन्छ । सबैप्रति सम्मान र आदरभाव व्यक्त गर्न चाहन्छु ।’

चुनाव प्रचारमा केही मान्छेहरुले विभिन्न लाञ्छना र आरोपहरू लगाउनुका साथै अपमान गरेपनि त्यसमा ध्यान नदिएको लामिछानेले बताए ।

निर्वाचनको क्रममा आफ्ना समर्थकबाट भएको गल्तीमा उनले माफी मागे । लामिछानेले आफूलाई भोट हाल्नेको मात्रै जित नभएर भोट हाल्न नपाउनेहरूको समेत जित भएको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077