Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आज पनि पहाडी भू–भागमा मेघ गर्जन र चट्याङसहित पानी पर्न सक्छ : मौसम विभाग

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका पहाडी भू–भागमा पानी पर्न सक्ने जनाएको छ ।

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाउँदै महाशाखाले पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहेको जनाएको हो ।

पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहे पनि बाँकी भू–भागमा भने सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधवार दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ।

बुधवार राति लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077