Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दिउँसो ३ बजे प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । बुधबार प्रतिनिधिसभाको बैठक बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो ३ बजे सुरू हुनेछ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले संसदीय सुनुवाई समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची छ।

त्यस्तै सांसद ईश्वरी देवी न्यौपानेले ‘प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १८० बमोजिम विशेष समिति गठन गरियोस् भनि सदस्यहरूको नामावलीसहितको प्रस्ताव पेश गर्ने कार्यसूची छ।

उक्त प्रस्तावलाई सांसद रघुजी पन्तले समर्थन गर्नेछन्।

आजकै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘संवैधानकि परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संसोधन) विधेयक,२०७९ माथिको दफावार छलफल सदनमा गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

उक्त प्रस्तावमाथि प्राप्त भएका संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077