Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधि सभाको बैठकमा संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक पेस नहुने

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा संवैधानिक परिषद्सम्बन्धी विधेयक पेस नहुने भएको छ ।

बुधबार सिंहदरबारमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलहरूबीच सहमति नजुटेपछि संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक पेस नहुने भएको हो ।

साथै प्रतिनिधि सभाको आजको बैठकमा संसदीय सुनुवाइ समिति र अन्य विषयगत १० समितिका सदस्यहरूको नाम पनि पेस हुने छैन ।

सदन बस्नुअघि सभामुख देवराज घिमिरेले आजको बैठकमा सबै दलबाट नाम नआएकाले प्रस्ताव गर्न नसकिने जानकारी गराएका छन् ।

प्रमुख दलहरुबीच चाँडै संसदीय समिति गठन गर्ने सहमति भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077