Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

महामन्त्री थापाको माग- काठमाडौंका सबै ठाउँमा सिसीटिभीको व्यवस्था गरियोस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंमा दिनदहाडै हत्या हुने क्रम बढदै गइरहेको भन्दै सीसीटीभीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले दिउँसै व्यस्त ठाउँमा भएको घटनाले वरपरका मानिसमा त्रास बढेको भन्दै आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

उनले सात दिनअघि महानगरपालिका वडा नम्बर ६ सरस्वतीनगरमा निरा पाण्डे आचार्यको हत्याकाण्डको सत्यतथ्य पत्ता लगाउन, प्रहरी अनुसन्धानलाई प्रभावकारी गराउन गृहमन्त्रीको ध्यानाकर्षण समेत गराए।

हत्या प्रकरणमा सात दिनसम्म प्रहरीले अभियुक्त पक्राउ गर्न नसकेकोप्रति प्रश्न गर्दै गृहमन्त्रीलाई घटनाको सत्य तथ्य जानकारी दिन र सुरक्षामाथि विश्वास गर्ने वातावरण बनाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077