Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हामी गालीगलौजको राजनीति नगरौं : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गालीगलौजको राजनीति नगर्न अनुरोध गरेका छन्।

बुधबार चितवनको मुग्लिन बजारमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य लामिछानेले यस्तो बताएका हुन् ।

लामिछानेले सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगाडि लैजानुपर्ने बताए।

सभापति लामिछानेले भने, 'सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगाडि लैजाने बाटोमा हिँडेका हौं हामी। हाम्रो ओठमा मुस्कान र हातमा फूल छ। हामीले गालीगलौज गर्न सुहाउँदैन। त्यसैले हामी गालीगलौजको राजनीति नगरौं।'

उनले पार्टीको २१ सिटको यात्रा फूलबाट तय भएको बताए। सामाजिक सञ्जालमा आफूहरुलाई माया गर्ने नाममा अन्य दलहरूप्रति घृणा र गालीगलौज भएको पनि देखिएको भन्दै आफूले क्षमा मागेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077