Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

आर्थिक संकटका बेला लडाकुका नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुँदैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अयोग्य लडाकुलाई पैसा होइन रोजगारी दिनुपर्ने बताएका छन् । नेता कोइरालाले सामाजिक सञ्जालमार्फत् चरम आर्थिक संकटोन्मुख रहेका बेला सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका हुन् ।

उनले कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था आएको यस विषम परिस्थितिमा माओवादी नेतृत्वले आप्mना कार्यकर्तालाई अयोग्य लडाकूका नाममा पैसा बाँड्न नहुने बताएका हुन् ।

उनले माओवादी नेतृत्वको सरकारले यस किसिमको निर्णयको विरोध गर्न सबैलाई आग्रह समेत गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘बिगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाव किताव वुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्व्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलव र पूर्व शिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन । माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौं, रोकौं र भविष्यका लागि सचेत बनौं।

उनीहरुलाई पैसा होईन रोजगारी दिउँ।

https://www.facebook.com/DrShekharKoirala/posts/774076340782866

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077