Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिन्धुलीमा कार दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते

सिन्धुली । सिन्धुलीमा आज बिहान कार दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

काठमाडौंबाट सिन्धुली आउँदै गरेको बा ८ च ९१३५ नम्बरको कार सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा काभ्रे पनौती ७ का ४२ वर्षीय शिवशरण भुक्षिमय र सिन्धुलीको मरिण गाउँपालिका ३ ठेगाना भई हाल काठमाडौं गौरीघाटकी ३८ वर्षीय सहारा पर्साईंको मृत्यु भएको हो ।

बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–२ को पिपलभन्ज्याङ घुम्तीमा आइतबार बिहान भएको कार दुर्घटनामा परेको सिन्धुली प्रहरीले जनाएको छ ।

कारमा तीनजना सवार थिए । दुर्घटना परी घाइते प्यूठानका योगेन्द्र थापाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । अर्को सवारीलाई साइड दिँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077