Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अश्लील फोटो सार्वजनिक गरिदिने धम्की दिएर पटकपटक करणी

विराटनगर । मोरङका अश्लील फोटो सार्वजनिक गरिदिने धम्की दिएर युवतीलाई पटकपटक जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

जिल्लाको विराटनगर महानगरपालिका वडा नम्बर ६ बस्ने रिजवान अन्सारी पक्राउ परेका हुन् । अन्सारीमाथि सुनसरी दुहवी स्थायी घर भएकी भक्तपुरको सूर्यविनायक बस्ने २० वर्षीया युवतीलाई २०७४ असारखि लगातार करणी गरेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अन्सारीले २०७९ चैत १८ गतेसम्म ती युवतीलाई प्रलोभन, डर, त्रास र धम्की दिई विभिन्न अश्लील फोटोहरू खिचेका थिए ।

विराटनगर र काठमाडौंका विभिन्न स्थानमा लगी ती फोटोहरू सार्वजनिक गर्ने डर देखाएर उनले जबरजस्ती करणी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077