Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज पुनः रास्वपा संसदीय दलको नेता बन्दै रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ ।

उपनिर्वाचनबाट सभापति रवि लामिछाने पुनः निर्वाचित भएर आए पछि पहिलो पटक केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्न लागेको हो ।

जसअनुसार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बस्नेछ भने दिउँसो ३ बजे संसदीय दलको बैठक बस्नेछ । बैठकमा सरकारमा सहभागि हुनेकी नहुने भन्ने निर्णय हुनेछ ।

साथै आजको बैठकले सभापति लामिछानेलाई पुनः संसदीय दलको नेतामा चयन गर्नेछ । यसअघि संसदीय दलको नेता रहेका उनी नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलाले सभापति र सांसद पद गुमेसँगै पदमुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077