Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • प्रचण्ड र लामिछाने दुवैको अडान ‘गृह’ मै

    प्रचण्ड र लामिछाने दुवैको अडान ‘गृह’ मै

    अनलाइन नेपाल
  • सोमबार, १८ बैशाख २०८०
  • 720
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद्लाई पूर्णता दिने अन्तिम कसरतमा जुटेका छन् । सत्ता साझेदार नेपाली कांग्रेस र सरकारलाई समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेतासँग प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिने बिषयमा छलफल गरेका हुन् ।

    आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले रास्वपा अध्यक्ष रवि लामिछानेसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरे । चितवन २ बाट पुनः सांसदमा निर्वाचित भएपछि लामिछानेलाई बधाई दिँदै सरकारमा सहभागी हुन प्रचण्डले प्रस्ताव गरेका छन् । प्रचण्डको प्रस्ताव स्वीकार गर्दै अध्यक्ष लामिछानेले यसअघि सरकारमा सहभागी हुँदा पाएकै मन्त्रालय पाउँनुपर्ने अडान राखेको बालुवाटार स्रोतले बताएको छ ।



    यसअघि गृह, स्वास्थ्यसहितका मन्त्रालय पाएको रास्वपाले पुनः सोही मन्त्रालय पाए सरकारमा सहभागी हुन सक्ने जनाएको छ । तर, गृह मन्त्रालय माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका नारायणकाजी श्रेष्ठले सम्हालिरहेको र सो मन्त्रालय आफ्नै पार्टीसँग राख्न खोजेकाले सहमति जुट्न सकेन ।



    सोमबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ । सोही बैठकमा सरकारमा सहभागी हुने÷नहुने निर्णयका साथै सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्नेमा निर्णय हुँदै छ । रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सरकारमा सहभागी हुने नहुने, समर्थन फिर्ता लिने कि नलिने भन्ने केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकबाट निर्णय हुने बताए ।

    ‘सरकारमा सहभागी हुने कि नहुने, सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने’दयगत अहिले नै केही बोलिहाल्ने अवस्था छैन’ प्रवक्ता ढकालले राजधानीसँग भने, ‘हाम्रो पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सोमबार बस्दै छ सोही बैठकबाट के गर्ने भन्ने निर्णयअनुसार नै हुन्छ ।’

    यसैगरी, रास्वपा उपाध्यक्षसमेत रहेका संसदीय दलका नेता डोलप्रसाद अर्यालले शनिबार दलको नेताबाट राजीनामा दिएकाले सोमबारको बैठकबाट अध्यक्ष लामिछानेलाई दलको नेता चुन्दै छन् ।

    बालुवाटार स्रोतका अनुसार रास्वपाले गृह पाए सरकारमा सहभागि हुने नपाए नहुने अडानमा राखेको छ । गृह मन्त्रालय पाउनै पर्ने अडान राख्दै आएको रास्वपाले सो मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता समेत लिन सक्ने चेतावनी प्रचण्डलाई दिएको छ । साथै रास्वपाले सरकारको न्यूनतम साझा कार्यक्रम पनि पुर्नलेखन गर्नुपर्ने अडान राख्दै आएको छ ।

    प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले सरकारमा सहभागी हुन रास्वपालाई प्रधानमन्त्री प्रचण्डले आग्रह गरेको बताए । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार