Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारलाई दिएको समर्थनबारे निर्णय लिन रास्वपा बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ।

काठमाडौंको बसुन्धरास्थित रास्वपा केन्द्रीय कार्यालयमा बैठक केही बेरअघिबाट चलिरहेको छ ।

सरकारलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने भन्नेलगायत विषयमा निर्णय लिन बैठक बसेको हो ।

रास्वपा महामन्त्री एवं प्रवक्ता डाक्टर मुकुल ढकालका अनुसार बैठकले सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयनबारे औपचारिक निर्णय गर्नेछ ।

आइतबार बालुवाटार पुगेका रास्वपा सभापति लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारमा सामेल हुन आग्रह गरेका थिए।

केन्द्रीय समितिको बैठकपछि आजै दिउँसो ३ बजे संसदीय दलको बैठक पनि बस्ने रास्वपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077