Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रपति पौडेललाई गगन थापाको सुझाव – आफ्नो उपचार खर्च आफैँ व्यर्होछु भन्नुस्

    राष्ट्रपति पौडेललाई गगन थापाको सुझाव – आफ्नो उपचार खर्च आफैँ व्यर्होछु भन्नुस्

    अनलाइन नेपाल
  • सोमबार, १८ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैँले बेहोर्नुपर्ने बताएका छन् ।

    सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।



    राष्ट्रपति पौडेल आफैँले आफ्नो उपचार खर्च बेहोर्नुपर्ने उनले बताए । भारतबाट उपचार गरेर आइतबार स्वदेश फर्किएका राष्ट्रपति पौडेलले उपचार खर्च राज्यकोषबाट नभई आफ्नै खल्तीबाट बेहोर्नुपर्ने उनको भनाई छ ।



    महामन्त्री थापाले राष्ट्रपति पौडेललाई उपचार खर्च आफैँ बेहोर्छु भनेर सार्वजनिक गर्न आग्रहसमेत गरे । गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरूले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफैँ उपचार गर्नुपर्ने विभेद हुन नहुने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार