Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • नेता चुनेको १७ महिनापछि कांग्रेसको नीति अधिवेशन

    नेता चुनेको १७ महिनापछि कांग्रेसको नीति अधिवेशन

    अनलाइन नेपाल
  • मंगलबार, १९ बैशाख २०८०
  • 450
    SHARES

    काठमाडौं । २०७८ मंसिरमा पार्टीको १४औं महाधिवेशन गरेर नेतृत्व चुनेको दल नेपाली कांग्रेसले नेता चुनेको १७ महिनापछि नीति तय गर्ने अधिवेशनको तयारी गरेको छ ।

    कांग्रेसको १४औं महाधिवेशनपछि पार्टी नेतृत्वमा शेरबहादुर देउवा चुनिएका थिए भने पदाधिकारी र केन्द्रीय सदस्यसमेत निर्वाचित भएका थिए ।



    कांग्रेस विधानमा नेता चुन्ने महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र पार्टीको नीति तय गर्न छुट्टै अधिवेशन डाक्ने व्यवस्था छ । तर, कांग्रेस नेतृत्वले विधानको व्यवस्थालाई वेवास्था गर्दै महाधिवेन सकिएको ६ महिनाभित्र गर्नुपर्ने नीति अधिवेशन १७ महिना बित्दासमेत गर्न सकेको छैन ।



    सोही कारण कांग्रेसको मर्गचित्रसमेत अस्पष्ट रहँदै आइरहेको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको नीति अधिवेशन, भ्रातृ संगठनमा नेतृत्व र पूर्णता, पार्टीको संगठन सुदृढीकरण र रिक्त विभागलाई पूर्णता दिनेलगायतका विषयमा पार्टीभित्र अनौपचारिक रूपमै भए पनि गहन छलफल सुरु भइसकेको जानकारी दिए । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार