Online Nepal
  • शुक्रबार, २३ साउन २०८२
  • पृथ्वी राजमार्ग १८ घन्टापछि एकतर्फी रूपमा सञ्चालन

    पृथ्वी राजमार्ग १८ घन्टापछि एकतर्फी रूपमा सञ्चालन

    अनलाइन नेपाल
  • मंगलबार, १९ बैशाख २०८०
  • 924
    SHARES

    धादिङ । जमिन भासिएपछि अवरूद्ध भएको पृथ्वी राजमार्ग १८ घन्टापछि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

    धादिङको गणेशखोलामा पुलको मुखनेर जमिन भासिएपछि अवरूद्ध भएको राजमार्ग बिहान साढे १० बजेबाट एकतर्फी रूपमा सञ्चालनमा आएको हो ।



    अहिलेलाई एकतर्फी सवारी पठाउन थालिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    जमिन भासिएको ठाउँमा छ तह जाली बिछ्याएर ग्याबिन गरिएको छ।

    बाटो मर्मत गर्न नागढुंगा-मुग्लिन सडक योजना पूर्वी खण्डका इन्जिनियरसहित नेपाल प्रहरी, नेपाली सेनाको टोली खटिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार