Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रवि लामिछानेका चालकको अन्त्येष्टि आज गरिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु) को आज अन्त्येष्टि गरिँदै छ ।

मंगलबार दिउँसो २ बजेतिर मृत्यु भएका उनको आज बिहान १० बजे अन्त्येष्टि गरिन लागिएको हो ।

पोष्टमार्टमपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तय भएको बताइएको छ ।

घरको छतबाट खसेर घाइते भएका चालक थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो।

सभापति लामिछाने चुनावी प्रचारमा रहेका बेला वैशाख ४ गते बिहान पौने ४ बजेतिर थापा घरको छतबाट खसेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077