Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • काठमाडौंसहित पहाडी भेगमा मेघगर्जन तथा चट्याङसहित वर्षा

    काठमाडौंसहित पहाडी भेगमा मेघगर्जन तथा चट्याङसहित वर्षा

    अनलाइन नेपाल
  • बुधबार, २० बैशाख २०८०
  • 438
    SHARES

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जसकारण देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

    गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।



    देशका पहाडी भू-भागका केही स्थानहरु तथा बाँकी भू-भागमा एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का देखि मध्यम वर्षा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    बुधबार राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार