Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म्यानचेस्टर सिटी उक्लियो प्रिमियर लिगको शीर्ष स्थानमा, हालान्डले बनाए कीर्तिमान

एजेन्सी । वेष्ट ह्याम युनाइटेडलाई हराउँदै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा वेष्टह्यालमाई ३–० ले हराएर आर्सनललाई पछि पार्दै सिटी शीर्ष स्थानमा फर्किएको हो ।

सिटीको जितमा नाथन आके, अर्लिङ ब्रट हाल्याण्ड र फिल फोडेनले एक एक गोल गरे । यस्तै यो खेलमा गोल गरेका हाल्याण्डले प्रिमियर लिगको एकै सिजनमा ३५ गोल गर्ने कीर्तिमान बनाएका छन् ।

यसअघि अलान शिएरर र एण्डी कोलको नाममा ३४ गोलको कीर्तिमान थियो । जितसँगै सिटी प्रिमियर लिगको अंक तालिकामा ३३ खेलबाट ७९ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077