Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पदभार ग्रहण गर्दै कानुनमन्त्री गुरुङले भने - स्वतन्त्र न्यायलयप्रति प्रतिबद्ध छु

काठमाडौं । नवनियुक्त कानुनमन्त्री धनराज गुरुङले स्वतन्त्र न्यायपालिका लोकतन्त्रको मेरुदण्ड भएको बताएका छन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको पदभार ग्रहण गर्दै कानुनमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

कानुनमन्त्री गुरुङले आफूले न्याय प्रणालीलाई छिटो छरितो बनाउने प्रतिबद्धता जनाएका छन् । कानुनमन्त्री गुरुङले भने, ‘न्याय ढिलो हुने गरेको भन्ने छ, त्यसको अन्त्यका लागि मैले काम गर्छु ।’

स्वतन्त्र न्यायपालिका लोकतन्त्रको मेरुदण्ड भएको भन्दै उनले आफू स्वतन्त्र न्यायलयप्रति प्रतिबद्ध रहेको पनि बताए । मन्त्री गुरुङले आफूले सुशासनलाई प्राथमिकता दिएर काम गर्ने पनि बताए ।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै मन्त्रालय पुगेर मन्त्री गुरुङले पदभार ग्रहण गरेका हुन् । गुरुङलाई बिहीबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन मन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077