Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एन्फाकी सदस्य सरिला एएफसी महिला कमिटीमा

काठमाडौं । । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)की सदस्य सरिला मलेकु श्रेष्ठ एसियाली फुटबल महासङ्घ (एएफसी)को महिला कमिटीमा चयन भएकी छन् ।

एएफसीले लाओस फुटबल सङ्घकी कन्या केवमनीको अध्यक्षतामा १६ सदस्यीय महिला कमिटी गठन गरेको हो ।

श्रेष्ठ एन्फाको महिला फुटबल समितिकी संयोजक पनि हुन् ।

कमिटीको उपाध्यक्षमा प्यालेस्टाइन फुटबल सङ्घकी सुसन सालबी मोलानो रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077