काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा नजाने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्ण गरेको हो । यस्तै हाल प्रचण्ड नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने रास्वपाले निर्णय गरेको छ ।
गत मंसिरको चुनावपछि सरकारमा सहभागी भइसकेको रास्वपा नागरिकता मुद्दाका कारण गृहमन्त्रीसमेत भइसकेका पार्टी सभापति रवि लामिछानेको सांसद पद गुमेपछि सरकारबाट बाहिरिएको थियो ।
तर उसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन् । तर आज बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले समर्थन पनि फिर्ता लिने निर्णय गरेको बताइएको छ ।