Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जापानमा शक्तिशाली भूकम्प

एजेन्सी । जापानको मध्य भागमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा एक जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् ।

जापानको मौसम विज्ञान एजेन्सीका अनुसार मध्य इशिकावा क्षेत्रमा ६.५ म्याग्नीच्यूडको भूकम्प गएको हो ।

मौसम अधिकारीहरूले आगामी दिनमा पराकम्पन र पहिरो जान सक्ने भन्दै त्यहाँका बासिन्दालाई चेतावनी दिए पनि सुनामीको कुनै जोखिम नरहेको बताएका छन्।

त्यहाँ एक ठूलो, लामो कम्पनको महसुस गरिएको थियो। कम्पन करिब दुई मिनेटसम्म महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077