Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीबाट प्रधानमन्त्री बन्ने अफर आएको छैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई प्रधानमन्त्री बन्ने अफर नआएको स्पष्ट पारेका छन् ।

शुक्रबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकपछि आयोजित पत्रकार सम्मेलनमा लामिछानेले सो कुरा स्पष्ट पारेका हुन् ।

आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्न कुनै अफर नगरेको उनले बताए ।

यसअघि लामिछानेलाई ओलीले वर्तमान सरकार ढालेर प्रधानमन्त्री बन्न अफर गरेको विषय बाहिर आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077