काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिमा रहने सांसदको नाम तीन दिनभित्र बुझाउन निर्देशन दिएका छन् ।
आइतबार प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठकमा सभामुख घिमिरेले संघीय संसदको संयुक्त समिति गठनका लागि तीन दिनभित्र नाम दिन राजनीतिक दलहरुलाई आग्रह गरेका हुन् ।
संघीय संसदमा संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति गरी दुईवटा संयुक्त समिति छन् ।
राष्ट्रिय सभाबाट संसदीय सुनुवाइमा बस्नेको नाम पठाइसकिएको छ भने प्रतिनिधिसभामा बस्नेको नाम बाँकी नै रहेको छ ।
दोस्रो अधिवेशन सुरु हुनु अगावै सभामुख घिमिरेले संयुक्त समिति गठनका लागि संसदमा रहेका दलहरुको ध्यानाकर्षण गराएका हुन् ।