Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको हो ।

संसदमा सोमबारदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि-बजेट) माथि छलफल सुरु हुने भएको संसद सचिवालयले जनाएको छ ।

सोमबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म प्रि-बजेटमाथि छलफल गर्ने र २७ गते अर्थमन्त्री डा. महतले जवाफ दिने कार्यक्रम तय भएको छ ।

प्रतिनिधि सभाको बजेट अधिवेशन सुरु भएको पहिलो दिन आइतबार अर्थमन्त्री महतले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए । सोमबारदेखि त्यसैमा छलफल हुन लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077