Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रनवेमा श्री एयरको जहाज रोकिएपछि यतीको जहाज काठमाडौं फिर्ता

काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको यती एयरलाइन्सको विमानमा समस्या देखिएपछि पुन:काठमाडौं फर्काइएको छ ।

भैरहवा विमानस्थलको रनवेमा आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्सको जहाज रोकिएपछि यतीको जहाज भैरहवा अवतरण गर्न नसकेर काठमाडौं फर्किएको हो।

श्री एयरलाइन्सको जहाज रनवेमा रोकिएपछि केही बेर विमानस्थल बन्द हुँदा यतीको जहाज काठमाडौं डाइभर्ट भएको थियो ।

भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको थियो।

उडेको १८ मिनेटमै पुन: भैरहवा विमानस्थलमै अवतरण गरिएको थियो। आकाशमा उडिरहेको जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज भैरहवा फर्काइएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077