Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी नामकरणविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । कोशी प्रदेशको पुनः नामाकरणको माग गर्दै थप आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ।

प्रदेश नं। १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

वैशाख २६ गते झापाको दममा सांकेतिक राके जुलुस प्रर्दशन गर्ने, वैशाख २८ बाट ८२ सांसद र उनीहरूको नेता हिँड्को बाटो, सहभागी हुने बैठक स्थानमा विरोधको कार्यक्रम गर्ने समितिले जनाएको छ ।

यसैगरी वैशाख २८ गतेबाट कोशी नाम खारेजी जागरण अभियान अन्तर्गत जिल्ला आमसभा, संघर्ष समिति विस्तार, तालाबन्दी, ८२ सांसद बहिष्कार गर्ने कार्यक्रम तय गरिएको छ ।

उनीहरूले प्रदेशको नाम कोशी खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग सम्बोधन नगरुञ्जेलसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077