Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एआइजी बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय टोली अमेरिका प्रस्थान

    एआइजी बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय टोली अमेरिका प्रस्थान

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । लिडरशीप एक्सजेन्ज कार्यक्रममा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय टोली सोमबार अमेरिका प्रस्थान गरेको छ ।

    प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यसँगै कार्यक्रममा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, प्रहरी नायव महानिरीक्षक रामदत्त जोशी, प्रहरी वरिष्ठ उपरीक्षक ए.एम. चन्द्र बहादुर धामी र प्रहरी उपरीक्षक सन्तोष खड्का पनि त्यसतर्फ प्रस्थान गरेका हुन् ।



    उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी नायव महानिरीक्षक लगायत प्रहरी अधिकृतहरूले शुभकामनासहित विदाइ गरेका छन् ।



    वैशाख २७ देखि २९ गतेसम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डि.सी. र न्यूयोर्कमा संचालन हुने उक्त कार्यक्रममा भाविष्यमा हुने सुरक्षा चुनौती र आतंकवाद, डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबार लगायतका वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रण र यस सम्बन्धी ज्ञान तथा अनुभव आदान प्रदान हुनेछ ।

    कार्यक्रमबाट नेपाल र मित्रराष्ट्र अमेरिकाका सुरक्षा निकायहरूबीचको सम्बन्ध सुमधुर हुने अपेक्षा गरिएको प्रहरीले जनाएको छ । सो कार्यक्रममा आईजीपी बसन्तबहादुर कुँवर जाने कार्यक्रम रहेको थियो । तर नक्कली भुटानी शरणार्थी प्रकरणका कारण उनले भ्रमण रद्द अमेरिका भ्रमण रद्ध भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार