Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सांसद यादवको प्रश्न– टोपबहादुर दोषी नभए प्रहरीबाट किन लुकेर बसेका छन् ?

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले नक्कली शरणार्थी प्रकरणमा मुछिएसँगै फरार एमाले नेता टोपबहादुरलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले रायमाझी फरार भएपछि थप आशंका बढकोे भन्दै उनीसँगै सो प्रकरणमा दोषी देखिने सबैलाई आवश्यक कारबाही गर्नुपर्ने बताएका हुन् ।

उनले नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि नेता रायमाझी लुकेर बस्नुले दोषी रहेको पुष्टि गर्ने जिकिर गरे ।

सांसद यादवले भने, 'यदि, दोषी छैनन् भने किन लुकेर बसेका छन् ? लुक्नु भनेको कुनै न कुनै रूपमा यो प्रकरणमा उनको संलग्नता भएको पुष्टि गर्दछ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077