Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

लोकसेवा आयोगका डाटा सुरक्षित नराख्‍नेलाई कारबाही गरियोस् : सांसद डाँगी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले लोक सेवा आयोगमा दरखास्त दिएका झन्डै चार लाख आवेदकको तथ्याङ्क (डाटा) हराएकोमा सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधिसभाको बैठकमा उनले आयोगले परिक्षार्थीहरूका तथ्यांक हराएको भन्दै पुनः फाराम भर्नका लागि सूचना जारी गरेको विषयलाई उठाएकी हुन् ।

परिक्षार्थीका फारामका विवरण सुरक्षित राख्नुपर्नेमा त्यसो नगरेर अधिकारीहरूले लापरबाही गरेको भन्दै सांसद डाँगीले जिम्मेवार व्यक्तिलाई कारबाही गर्न माग गरेकी छन्।

उक्त प्रकरणले पनि युवाहरूलाई राज्यप्रति नै निराशा थपेको उनको भनाइ थियो ।

उनले नेपालका अधिकांश युवा पलायन भईरहेको अवस्थामा स्वदेशमै भविष्य खोज्ने नागरिकलाई पनि सरकारले प्रोत्साहन गर्नुको सट्टा निरुत्साहन गरिरहेको आरोप समेत लगाइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077