Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदमा प्रेम सुवालको प्रश्न - नक्कली भुटानी शरणार्थी बनाई मानव बेचबिखन गर्ने को हुन् ?

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अरबौँ ठगी गर्नेहरूलाई सार्वजनिक गर्न माग गरेका छन् ।

मङ्गलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवालले यस्तो आग्रह गरेका हुन् ।

सांसद सुवालले भने– ‘नेपालीलाई भुटानी शरणार्थी बनाई मानव बेचबिखन गर्ने र अरबौँ ठगी गर्नेहरू को को हुन ? प्रधानमन्त्रीज्यूले फिल्म देखाउने भन्नुभएको थियो, अहिले दाहालजी, देउवाजी र ओलीजीको मिटिङ भइरहेको त्यो फिल्म देखाउनकै लागि हो कि ?’

सुवालले भ्रष्टाचार प्रकरणमा प्रधानमन्त्रीले कहिले फिल्म देखाउने ? भन्दै व्यंग्य गरे।

नक्कली शरणार्थी प्रकरणमा केही शीर्ष नेताको नाम मुछिएपछि प्रधानमन्त्री प्रचण्डले यो ट्रेलरमात्र भएको भन्दै फिल्म देखाउन बाँकी रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077