Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दोहोरो अंकले उकालो लाग्यो शेयर बजार

काठमाडौं । आइतबार र सोमबार लगातार दुई दिन दोहोरो अंकले घटेको बजार परिसूचक नेप्से मंगलबार भने दोहोरो अंकले बढेको छ ।

मंगलबार नेप्से सुचकमा १०.६६ अंकले उकालो लागि १८४४.३६ विन्दुमा आएर रोकिएको छ।

आज सबै उपसुचकहरुमा हरियाली छाएको छ भने अघिल्लो दिनको तुलनामा कारोबार रकम खुम्चिएको छ ।

आज २६९ कम्पनीको २८ लाख २६ हजार १३९ कित्ता शेयर ७७ करोड ४७ लाख ६० हजार ६४७ रुपैयाँमा किनबेच भएको छ ।

जसमा सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । कम्पनीको मंगलबार ६ करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077