Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • एमाले अध्यक्ष ओलीले भने – नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष नफसून्, दोषी नउम्किऊन्

    एमाले अध्यक्ष ओलीले भने – नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष नफसून्, दोषी नउम्किऊन्

    अनलाइन नेपाल
  • बिहिबार, २८ बैशाख २०८०
  • 963
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठुलो संख्यामा ठगी र शोषण भएकाले यो बाहिरिएको बताएका छन् ।

    पार्टी केन्द्रीय समितिको बैठक सुरु हुनुअघि अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फिल्म देखाउन अझै बाँकी रहेको बताएका हुन् ।



    अध्यक्ष ओलीले भने, ‘दोषी छुट्नुहुदैन । निर्दोष पर्नुहुदैन । मुख्य फिल्म बाँकी नै छ । एक ढंगले भन्ने हो भने यो कसैको काबुभन्दा बाहिरको स्थिति थियो छताछुल्ल भयो ।’



    ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनप्रति आफु खुशी भएको प्रतिक्रिया दिए । शरणार्थी प्रकरणमा ठुलठुला व्यक्तिसमेत तानिने अवस्थाबारे आफ्नो भन्नु केही नरहेको बताए ।

    उनले बहुदलीय व्यवस्था आएदेखि नै २०४७ सालदेखि नै भ्रष्टाचारमा छानबिन गर्न माग गरेको बताए। अध्यक्ष ओलीले भ्रष्टाचार गरेको थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गरिनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार