Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • किरिया गरिएका व्यक्ति घरमा टुप्लुक्क पुगेपछि…

    किरिया गरिएका व्यक्ति घरमा टुप्लुक्क पुगेपछि…

    अनलाइन नेपाल
  • शनिबार, ३० बैशाख २०८०
  • 882
    SHARES

    झापा । निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला ? झापा हल्दीबारी–८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ ।

    केहीक्षण त पत्याउनै नसकिने माहोल बन्यो । परिवारका सदस्य खुसीले रुन थाले तर किरिया गरिसकिएका सुरज कार्कीको भनिएको शव कसको थियो भन्ने यति बेला निकै रहस्यको विषय बन्न पुगेको छ ।



    कनकाई नगरपालिका–४, कोटीहोममा १७ दिन पहिले बेवारिसे शव फेला परेको थियो । इलाका प्रहरी कार्यालय सुरुङ्गाले मुचुल्का तयार गर्‍यो र शवलाई आफन्तको पहिचान नहुन्जेलसम्मका लागि शवगृह भद्रपुरमा छाडिदियो ।



    सामाजिक सञ्जाल र अन्य माध्यमबाट प्रचार गरियो । आफन्तले शव राखेको चौथो दिन शवगृहबाट बुझेर ल्याई कनकाई–४ को कोटीहवन क्षेत्रमा अन्तिम संस्कार गरेका थिए । सुरजका कान्छा काका किरियामा बसेका थिए ।गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार