Online Nepal
  • शुक्रबार, २३ साउन २०८२
  • घोराही–तुलसीपुर चार लेन सडकको ठेक्का सम्झौता रद्ध

    घोराही–तुलसीपुर चार लेन सडकको ठेक्का सम्झौता रद्ध

    अनलाइन नेपाल
  • सोमबार, १ जेष्ठ २०८०
  • 936
    SHARES

    दाङ । सरकारले दाङको घोराही–तुलसीपुर अलपत्र चार लेन सडकको सम्झौता रद्ध गरेको छ ।

    भारतीय ठेकेदारका कारण लामो समयसम्म निर्माण हुन नसकेर अलपत्र परेको घोराही–तुलसीपुर सडकको सम्झौता तोडिएको हो ।



    रेडियो मध्यपश्चिमको १७ औँ स्थापना दिवसको अवसरमा सोमवार भएको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अलपत्र चार लेन सडक ठेक्का सम्झौता रद्द गरिएको जानकारी दिइन् ।

    एक दुई दिनभित्रै नयाँ ठेक्काको सूचना जारी हुने पनि उनको भनाई छ । नयाँ प्रक्रियामा नजाँदासम्मका लागि सडकको मर्मत र निर्माणका लागि अब सडक डिभिजन कार्यालयले बर्खाअघि नै मर्मत–सुधारको काम गर्नुपर्ने उनले बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार