Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रहरी र क्यारिङ्गकर्ताबीच झडप : चार प्रहरी घाइते, पाँचजना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-५ स्थित सुकासालमा प्रहरी र क्यारिङ्गकर्ताबीच विवाद भएको छ ।

गएराति भन्सार छलि गरी ल्याइरहेको सामान जाँच गर्दा पश्चिमी सीमा नाका गड्डाचौकी नजिक सुकासाल क्षेत्रमा विवादले उग्ररुप लिएपछि भएपछि प्रहरीमाथि आक्रमण भएको हो ।

भारतबाट सामान ल्याउनेहरुले जाँचका क्रममा विवाद भएपछि सुकासालस्थित अस्थायी प्रहरी बिट ढालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सुकासालस्थित अस्थायी प्रहरी बिटबाट जाँचमा खटिएका प्रहरीमाथि आक्रमण भएको कञ्चनपुर प्रहरीले जनाएको छ । सो आक्रमणमा ४ जना प्रहरी घाइते भएका छन् ।

घटनामा संलग्न ५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी कार्य जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077