Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र सांसदबीच भोलि संसदमा प्रश्नोत्तर हुने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र सांसदहरूबीच बिहीबार प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ ।

बिहीबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री प्रचण्ड र सांसदबीचको प्रत्यक्ष प्रश्नोत्तर हुने उल्लेख गरिएको छ ।

संघीय संसद सचिवालयका महासचिव डा। भरतराज गौतमले बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने छन् ।

साथै सोही बैठकमा प्रधानमन्त्री प्रचण्डले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष २०७८-०७९ को वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यासूचीमा उल्लेख छ ।

कार्यव्यवस्था परामर्श समिति बैठकमा संसदभित्र रहेका दलहरुको शक्तिका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने समझदारी भएको थियो ।

प्रतिनिधिसभा नियमावलीको परिच्छेद– ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम सम्बन्धी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077