Online Nepal
  • शनिबार, १७ साउन २०८२
  • नेप्सेमा २३.३९ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

    नेप्सेमा २३.३९ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 903
    SHARES

    फाइल फोटो

    काठमाडौं । बुधबार शेयर बजार परिसूचक नेप्से २३.३९ अंकले बढेको छ ।

    नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार झिनो अंकले बढेको नेप्से आज १.२८ प्रतिशतले बढेर १८४५.०१ विन्दुमा रोकिएको हो ।



    आज सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अंकले उकालो लागेको छ । बजारसँगै आज कारोबार रकम पनि बढेको छ ।

    आज २५ लाख ७७ हजार २१० कित्ता शेयरको खरिदबिक्रीमा ८५ करोड ७६ लाख २४ हजार तिन सय १८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टले पाँच करोड ४६ लाख रुपैयाँको गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार