Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्सेमा २३.३९ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौं । बुधबार शेयर बजार परिसूचक नेप्से २३.३९ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार झिनो अंकले बढेको नेप्से आज १.२८ प्रतिशतले बढेर १८४५.०१ विन्दुमा रोकिएको हो ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अंकले उकालो लागेको छ । बजारसँगै आज कारोबार रकम पनि बढेको छ ।

आज २५ लाख ७७ हजार २१० कित्ता शेयरको खरिदबिक्रीमा ८५ करोड ७६ लाख २४ हजार तिन सय १८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टले पाँच करोड ४६ लाख रुपैयाँको गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077