Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेशमा मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश

विराटनगर । कोशी प्रदेशका मुख्य न्यायाधिवक्ताको आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङसमक्ष प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले उक्त प्रतिवेदन ग्रहण गर्दै नेपालको संविधान एवम् प्रचलित ऐन कानुनले तोकेबमोजिम काम, कर्तव्यहरु कार्यालयले सफलतापूर्वक सम्पन्न भएको विश्वास लिएको बताए ।

उनले दरबन्दीअनुसार कर्मचारीको अभाव भए पनि मेहनतका साथ कार्य सम्पादन भएकामा खुसी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077