Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओडिआईमा सन्दीप लामिछानेको वरीयता यथावत

काठमाडौं । एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) तर्फको बलिङमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेको वरीयता यथावत रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा सन्दीप १९ औं स्थानमा कायम रहेका छन्।

बलिङतर्फ नै सोमपाल कामी ६७ औं र दीपेन्द्र सिंह ऐरी ५५ औं स्थानमा यथावत् छन् । करण केसी ९० औं स्थानमा यथावत छन् ।

ब्याटिङतर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल ६७ औं र ओपनर ब्याटर आसिफ शेख ७४ औं स्थानमा छन् ।

पछिल्लो वरियता अनुसार नेपाल १४ औं स्थानमा कायमै रहेको छ । वरीयताको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077