Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिटी च्याम्पियन्स लिगको फाइनलमा, साबिक विजेता रियल पराजित

काठमाडौं । म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । साबिक विजेता रियल मड्रिडलाई ४-० ले पराजित गर्दै इङलिस क्लब सिटी फाइनल पुगेको हो ।

गएराति सिटीको घरेलु मैदान इतिहादमा भएको सेमिफाइनलको दोस्रो लेगमा ४-० र पहिलो लेगमा १(१ को नतिजा निकालेको सिटी समग्रमा ५-१ को जितसहित फाइनल पुगेको हो ।

जितसँगै सिटीले फाइनलमा इटालियन क्लब इन्टर मिलानसँग खेल्नेछ। फाइनल जुलाई ११ मा टर्कीको इस्तानबुल स्थित अटार्टुक ओलम्पिक स्टेडियममा हुनेछ ।

इन्टर सेमिफाइनलमा एसी मिलानलाई पराजित गर्दै १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनल पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077