Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशीमा प्रदेशसभा सदस्यलाई बाँडिने ल्यापटप कांग्रेस सांसदले नलिने

विराटनगर । कोशी प्रदेशसभाले प्रदेशसभा सदस्यहरूलाई बाँड्ने भनेको ल्यापटप नेपाली कांग्रेसका सांसदहरूले नलिने भएका छन्।

बिहीबार विराटनगरमा बसेको कोशी कांग्रेसको प्रदेश सभा संसदीय दलको बैठकले ल्यापटप नलिने निर्णय गरेको हो ।

प्रदेश सभा सचिवालयले ९३ जना प्रदेशसभा सदस्यलाई एउटा-एउटा ल्यापटप दिने निर्णय गरेको थियो।

यता, नेकपा (माओवादी केन्द्र) का सांसदले पनि प्रदेश सभाले बाँड्ने भनेको ल्यापटप नलिने बताउँदै आएका छन् ।

पार्टीका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले विकास निर्माणका आयोजनाको कामको भुक्तानी हुन नसकिरहेको बेला सांसदलाई ल्यापटप उपलब्ध गराउनु गलत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077