Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

प्रेस काउन्सिलले भन्यो - अनुसन्धानलाई प्रभाव पार्ने गरी दुष्प्रचार नगर्नू

काठमाडौं । प्रेस काउन्सिल नेपालले स्वतन्त्र अनुसन्धानलाई प्रभाव पार्ने गरी दुष्प्रचार नगर्न सञ्चार माध्यमलाई आग्रह गरेको छ ।

बिहिबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले पछिल्लो घटनाक्रमका विषयमा अनुसन्धानमा बाधा पुग्नेगरी दुष्प्रचार भैरहेको भन्दै त्यस्तो नगर्न आग्रह गरेको हो ।

पछिल्लो घटनाक्रमका विषयमा कतिपय सञ्चार माध्यम र समाजिक संञ्जालबाट भ्रम फैलाउने काम भएको काउन्सिलले जनाएको छ।

काउन्सिलले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा ठूला पार्टीकै हाइप्रोफाइल नेताहरु मुछिएपछि घटनासँग असम्बन्धित व्यक्ति, सङ्घ संस्था, राजनीतिक दल र नेताको चरित्रहत्या एवं मानहानी हुनेगरी भएको दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलको विज्ञप्तिमा भनिएको छ, ‘समाजमा भ्रम÷अफवाह फैलाउने, अतिरञ्जित गर्ने, अनुसन्धान र न्यायिक निरुपणमा प्रभाव पार्ने किसिमबाट सत्य÷तथ्य एवं सन्तुलन विमुख भइ सामग्री सम्प्रेषण हुनु पत्रकारिताका मूल्य र मान्यताविपरीत कार्य हो ।’

सञ्चार माध्यम र सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीबारे उजुरी र गुनासा आउने क्रम बढेको भन्दै विज्ञप्तिमा पत्रकारिताको मूल्य, मान्यताविपरीत र आचारसंहिता प्रतिकूलका कुनै पनि सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077