Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

छुरा प्रहार गरी छिमेकीको हत्या, फरार अभियुक्त खोज्दै प्रहरी

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको गौर नगरपालिका ७ सिसवा गाउँका ३५ वर्षीय शेख कबिरले छुरा प्रहार गरी छिमेकी ५० वर्षीय यार महदम खानको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गए राति १० बजे दुवैजना बीच केही विवाद हुँदा कविरले खानको पेटमा छुरा प्रहार गरेका थिए ।

पेट र मुटुमा गम्भीर चोट लागेका खानलाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

आरोपी कबीर फरार रहेका छन् । हत्याका अभियुक्त मानसिक रोगी रहेको र उसको खोजी तथा घटनाबारे अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077