Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बर्दिया-१ बाट निर्वाचित सांसद सञ्जय गौतमले तोडे अनशन

    बर्दिया-१ बाट निर्वाचित सांसद सञ्जय गौतमले तोडे अनशन

    अनलाइन नेपाल
  • शनिबार, ६ जेष्ठ २०८०
  • 420
    SHARES

    बर्दिया। बर्दियाका–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले आठौं दिनमा आमरण अनशन तोडेका छन् ।

    बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनि अनशन बसेका सांसद गौतमले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग ११ बुँदे सहमति भएपछि अनशन तोडेका हुन् ।



    अनशन तोडेपनि स्वास्थ्य अवस्था कमजोर भएकाले गौतम जिल्ला अस्पताल बर्दियामा भर्ना गरिएको छ ।



    पुल निर्माण हुनुपर्नेसहितका विभिन्न १५ बुदे माग राखेर ३० वैशाखमा जब्दीघाटको भत्किएको पुलमुनि अनशन गौतम अनशन बसेका थिए ।

    गौतमसँग वार्ता गर्न मन्त्री ज्वाला शनिबार बारबर्दिया नगरपालिका–११ स्थित अनशनस्थलमा नै गएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार