Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नीति तथा कार्यक्रममाथि छलफल आजदेखि, एमाले कडाइका साथ प्रस्तुत हुने

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद भवनमा बस्न लागेको हो । आजको बैठकमा सरकारले शुक्रवार पेस गरेको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा वाचन गरेको सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ।

सांसदहरुलाई शुक्रवार दिउँसो नीति तथा कार्यक्रममा संशोधन प्रस्तुत गर्न समय दिइएको थियो । आज नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधन प्रस्तुत गर्ने र सम्बोधमाथि छलफल हुने कार्यसूचीसमेत छ ।

छलफलमा सांसदले उठाएका प्रश्नहरुको प्रधानमन्त्री प्रचण्डले जवाफ दिने छन् । आजदेखि सुरु हुने नीति तथा कार्यक्रमबारे छलफलमा विपक्षी दल नेकपा एमाले कडाइका साथ प्रस्तुत हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077