Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म्यानचेस्टर सिटीले जित्यो इंग्लिस प्रिमियर लिगको उपाधि

काठमाडौं । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन बनेको छ ।

उपाधि होडमा रहेको आर्सनल गएराति भएको खेलमा पराजित भएसँगै सिटी तीन खेल बाँकी छँदै लगातार तेस्रो सिजन च्याम्पियन बनेको हो ।

दोस्रो स्थानमा रहेको आर्सनलले अब एक खेल मात्रै खेल्न बाँकी छ । यो खेलमा जिते पनि अहिले सिटी ४ अंकले अघि छ ।

उसले खेल्न बाँकी तीन वटै खेल हारे पनि च्याम्पियन बन्नेछ । सिटीले आज चेल्सीसँगको खेलपछि प्रिमियर लिगको उपाधि प्राप्त गर्नेछ ।

यससँगै सिटीले लिगको उपाधिका ह्याट्रिक गरेको छ । युनाइटेडले १९९८–२००१ र २००६–२००९ मा लगातार तीनपटक उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077