Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपाल प्रहरीका तीन इन्सपेक्टर र एक असईमाथि विभागीय कारबाही

कञ्चनपुर । कञ्चनपुरमा रिपोर्टिङका क्रममा पत्रकारहरुमाथि अप्रिय व्यवहार देखाउने प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको छ ।

सुकासालमा भएको घटनाको छानविन गरी ती प्रहरी कर्मचारीलाई विभागीय कारबाही स्वरुप सचेत गराईएको हो ।

प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी, सिताराम विष्ट, बिनुकुमारी शाही र प्रहरी सहायक निरीक्षक अम्मर कार्कीलाई विभागीय कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गत मंगलबार साँझ महेन्द्रगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला भिडिओ खिचिरहेको अवस्थामा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077