Online Nepal
  • शुक्रबार, २३ साउन २०८२
  • नेपाल प्रहरीका तीन इन्सपेक्टर र एक असईमाथि विभागीय कारबाही

    नेपाल प्रहरीका तीन इन्सपेक्टर र एक असईमाथि विभागीय कारबाही

    अनलाइन नेपाल
  • सोमबार, ८ जेष्ठ २०८०
  • 4.6K
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । कञ्चनपुरमा रिपोर्टिङका क्रममा पत्रकारहरुमाथि अप्रिय व्यवहार देखाउने प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको छ ।

    सुकासालमा भएको घटनाको छानविन गरी ती प्रहरी कर्मचारीलाई विभागीय कारबाही स्वरुप सचेत गराईएको हो ।



    प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी, सिताराम विष्ट, बिनुकुमारी शाही र प्रहरी सहायक निरीक्षक अम्मर कार्कीलाई विभागीय कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    गत मंगलबार साँझ महेन्द्रगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला भिडिओ खिचिरहेको अवस्थामा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार