Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रतिपक्षीको अडान नीति तथा कार्यक्रम पुनर्लेखन, सत्तापक्ष सच्याउनै नमान्ने

    प्रतिपक्षीको अडान नीति तथा कार्यक्रम पुनर्लेखन, सत्तापक्ष सच्याउनै नमान्ने

    अनलाइन नेपाल
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 351
    SHARES

    काठमाडौं । सरकारले संसदमा पेस गरेको आगामी नीति तथा कार्यक्रम ‘पुनर्लेखन’ गर्नुपर्ने अडानमा प्रतिपक्षी दल उभिए पनि सत्तारूढ दलका नेताले सच्याउनसम्म तयार छैनन् ।

    प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमाले का अध्यक्ष केपी शर्मा ओलीले आइतबारको छलफलमा सरकारको नीति तथा कार्यक्रम अहिलेको समस्या समाधान गर्ने किसिमको नभएको बताउँदै पुनर्लेखन गर्नुपर्ने बताएका थिए ।



    सोमबारको छलफलमा प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुनर्लेखन गर्न जरुरी रहेको बताएका छन् ।



    उनले सत्तापक्षको बहुमत भएकाले सो नीति तथा कार्यक्रम पास गर्न सकिने तर, त्यसले सिंगो देश नै बिग्रने जिकिर गरे । देश नै बिग्रने भएकाले सो नीति तथा कार्यक्रम थप छलफल गरेर आउनुपर्ने अध्यक्ष लिङ्देनले बताए । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार