Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माधव सापकोटालाई गोकुल बाँस्कोटाको जवाफ - केपी ओलीलाई हेडमास्टरको उपाधिले पुग्दैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमाले अध्यक्ष केपी ओलीलाई हेडमास्टर भनेपछि एमाले सांसद गोकुल बाँस्कोटाले त्यसको जवाफ फर्काएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा नीति कार्यक्रममाथिको छलफलमा बोल्दै उनले माओवादी केन्द्रका सांसद सापकोटालाई जवाफ दिएका हुन्।

एमाले सांसद बाँस्कोटाले केपी ओलीलाई हेडमास्टरको उपाधिले नपुग्ने बताए। उनले ओलीलाई देखाएर आफू उम्किन खोजेको धारणा राखे। ३१ महिना माओवादीले सरकारको नेतृत्व गरेपनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन कसले रोक्यो भन्दै बास्कोटाले प्रश्न गरे।

सांसद बाँस्कोटाले भने, ‘हेडमास्टर भन्नुभो, हामी आक्रोशित छैनौं। नेकपा एमाले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय सहितको परिवर्तनको, पुनर्जीवनको र राष्ट्रिय आत्मविश्वास निर्माणको विश्वविद्यालय हो, तपाईंहरूले दिएको उपाधिले पुग्दैन, उहाँ त भिसी -उपकुलपति हो, प्रोफेसर डाक्टर हो ।’

सापकोटाले नीति, कार्यक्रममा टिप्पणी गर्ने क्रममा विपक्षी दलका नेता ओलीले हेडमास्टरी शैलीमा पढाएको बताएका थिए। उनले ओली अहिलेको परिवर्तनको इन्जिनियर, आर्किटेक भएको बताए। प्रतिनिधिसभामा एमालेका अध्यक्ष ओलीबाट शिक्षित हुनु भएकामा सत्तापक्षका सांसदहरूलाई बाँस्कोटाले बधाईसमेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077